शिक्षा बिशेष .......

किशोरावस्था लागेपछि बालबालिका किन बिग्र्न्छन ?

साना नानी बाबुहरुमा अभिभावकहरुले जे भन्यो त्यो ठिक हो भन्ने मानसिकता पसेको हुन्छ। त्यसैको फलस्वरूप उनीहरु आमा बुबाको नक्कल गर्न थाल्छन । जुन सहि कुरा पानी हो । समय को विभिन्न कल खण्डमा कतिले त आफ्नो भविष्य को निर्धारण अभिभावकको ब्यबहारबाटनै गरिसकेका हुन्छन । जस्तै छोरीले आफ्नो जीवनसाथी बुबा जस्तै माया गर्ने, स्याहार गर्ने र लगभग त्यस्तै छोराले बाबु जस्तै बलियो, तन्दुरुस्त हुने चाहना राख्नु । केहि अपवाद बाहेक ।

तर अधिकांशमा माथि भनिएको प्रवृति पाईन्छ । झुठो नबोल्ने, नरिसाउने, सधै माया गर्ने, एक अर्काको हेर विचार गर्ने । 

उमेर चढ्दै गएपछी बालबालिकामा सोच्ने, घोत्लिने बानिहरु, साथ साथै येसो गर्दा कसो होला ? भन्ने सिकाई भावनाले उत्प्रेरित गरेको हुन्छ । जब यी बिषयमा आफुले सोचेको जस्तो जवाफ आउंदैन अनि उनीहरु सिक्ने लालसामा गलत बातावरणमा घुलमिल हुनजाने र सहि गलत के हो भन्ने निर्णय लिन नसक्ने अवस्थामा खराब आचरणमा सहभागी हुन्छन । आफुलाई एक्लो र टाढिएको महसुश गर्छन । यो सोच भनेको नकारात्मक भावनाको संख्या बढाउन मद्दत गर्नु सरह हो । अझ अभिभावकले खान दिएकै छु, लगाउन दिएकै छ , भनेको भनेको पुगेकै छ अरु के गर्नु पर्ला त भन्ने मानसिकता हुन्छ । त्यो सोचाई झन् हानिकारक छ । प्रत्युत्पादक हुन्छ । 

थप्नु पर्ने कुरा, यो समस्या विदेश बस्ने बाबु या आमाले, आफ्ना सन्तानले अभाव झेल्नु नपरोस भन्ने सोचाई राख्दा बालबालिका संग रहनुहुने अभिभावकलाई एक किसिमको धम्कि या भनौ कमजोर बनाउन प्रयोग गरिने सब्द हरुले गर्दा सही तरिकाको लालनपालन हुन पुग्दैन जसले बालबालिकामा बन्देजको वातावरण निर्माण नहुँदा  भनेको सबै कुरा पुग्छ भन्ने मानसिकता हुँदा छोराछोरी संयमित नहुने, अराजक व्यबहार देखाउने, धम्कि दिने जस्ता विविध अवस्थाहरुको सामना गर्नुपर्ने हुन्छ । अझ सानो देखि केहि गरेमा, सट्टामा केहि मेवा पाउने प्रलोभनको बानि परेकोले पनि किशोर हुँदा त्यस्तै ब्यबहार खोज्ने र देखाउने हुन्छन । उदहारण को लागि : साइकल किनिदिने भए पढ्छु , मोबाईल दिने भए गर्छु , आदि 

बिशेष गरेर १२ काटेर १९ वर्ष नहुन्जेल बालबालिका ले आत्मियता खोज्छन, बाबु आमा संग समय बितौना चाहन्छन जुन सानैदेखि हामीले गर्दै आएको कुरा हो । उमेर भएपछी झन् जान्नु पर्ने सिक्नु पर्ने कुराहरु मा आमा ले छोरी लाई र बुबाले छोरालाई सिकाउनु पर्ने प्रक्रित कुराहरु सिकौना नसक्नु, ध्यान नदिनु, सिक्ने कुरा हैन भन्नु बाट सुरु हुने बबुआमा प्रतिको छोरा छोरी हरुको नकारात्मक सोचको परिणाम तुरुन्तै देखिदैन तर समयान्तरमा एउटा बिकराल समस्या को रुपमा देखा पर्छ । पछि रोकथाम को प्रयास गर्दा केहि नतिजा आऊदैन, या त बालबालिकाहरु बोल्न नचाहने, झनक्क रिसाऊने गर्छन र केहि हुन सकेन भन्नुपर्ने परिस्थिति आऊछ ।

अब के गर्ने त ?

१ . बालबालिकासंग बढी भन्दा बढी समय बिताउने । आफ्नी भन्दा पनि उनीहरुको कुरा सुन्ने ।
२. केहि पनि नबोल्ने बानि भएमा उसले को संग आफ्नो मनका कुरा ब्यक्त गर्छ उनीहरुको सहयोग लिने ।
३. शिक्षकहरुले बबुनानीहरुलाई सकारात्मक बिचारहरु निर्माण हुने किसिमका परामर्श दिने जस्तै परिवारका 
    सदस्य हरुको भूमिका , समय दिन नसक्नुका कारण खोतालिदिने, समय नपाए पनि एक अर्कालाई माया 
    दर्शाउने क्रिया र प्रतिक्रियाहरु गर्न सुझाब दिने ।
४. समाजमा विभिन्न किसिमका खुबी भएका हरु रहन्छन तिनीहरु एक अर्का बीच दाँज्ने, प्रतिस्पर्धा आदि 
     नगराउने ।
५. लोभ या प्रलोभन मा पर्ने, धम्कि दिने घरायसी वतावारणको निर्माण नगर्ने ।
६. परामर्श गर्दा जहिले पनि बालबालिका हरुलाई नै सहभागी गराउने र उनीहरुलाई नै आफूले गर्ने 
     क्रियाकलापको नतिजा के हुन्छ त भन्ने छलफल गर्ने । हेरेक अवस्थामा सहि र आऊन सक्ने सम्पूर्ण       
     परिणामको जानकारी दिने ।

आफ्नो प्रतिक्रिया र जिज्ञाशा तल कमेन्टमा लेखि दिनुहोला । समाधान गर्ने कोसिश गर्ने छु ।



No comments:

Post a Comment