कविताहरु ...........

यहाँ
ऊखान तुक्काले अर्थ नराख्ने भो ।
कुकुरले टोक्दा,
मान्छेले पनि नछोड्ने भो।
मेरो देशमा बिस मारीस्,
तँ कहाँ हजारौँ स्वाहा पार्ने हो ।
यो एक बर्षलाई होईन
बर्षौँ बर्ष टिक्ने नरसंहार गर्ने हो।
लुकी लुकी आई,
केही भुरा मसिना मर्ने
छापामार नियति हो तेरो 

हाका हाकी आएर,
नश्ल सकाऊने बहुमत मेरो ।
शान्तीको भजनमा,
आतंकी राग जनमाऊने हो ।
आडमा राखेर सबै मतियार,
हातहतियारको संजाल बढाऊने हो।
तेरो देशको
सरकार पनि मै हो
बिद्रोही पनि मै हो
आगो पनि मै
पानी पनि मै हो
यता नमाने
अर्को मनाऊन जान्ने हो।
जसरी हुन्छ,
शाम दाम दण्ड भेद गरी
अर्थतन्त्र मजबुत गराऊने हो ।
अरू त,
सबै बुख्याँचा हुन
तिमर्का वरी परि घुम्ने न हो।
बोल्न त परै
सोच्न पनि मैलाई सम्झनु पर्ने हो।
रिमोट मै संग,
सबै चल्ने,
शान्ति मिसनको बल पनि मेरै हो।
सन्दर्भ : सिरिया हमला
रामहरि रिमाल

यो नशाको कुनै अर्थ छैन, हाम्रो आम्ने सामुन्नेमा
जब जब तिम्रो ऊपस्थीतीको मोल रहेको थियो।
अन्तर्ध्यान जीवनबाट तिमी हुँदा, यही नशा
गर्भ निरोधको साधन सरह भै रहेको थियो।


बहलाऊने, बहकाऊने, स्वात्त तन थन्काऊने,
यसैको शुभाशिर्वाद मनमा अनन्त रहेको थियो।
तिमी छोडीदेऊ यी सबकुरा भन्छौ, म भनुँ के
पिईनु पर्ने यस्को अधिकार हनन भै रहेको थियो।



आऊनु पर्ने त थियौ तिमी,
कुन बिचारको मझधारमा रह्यौ
सलल बग्नुपर्ने थियौ,
कुन उछालको दोधारमा रह्यौ।
अनेक प्रयत्न गर्दैछु म तिमीलाई,
संगालिएर बहकिनका लागि
कुन निश्ठुरीले छेड्यो
त्यो सुमधुर मनको तार र दोधारमा रह्यौ।
शब्दमा त कमी थिएन केही,
छन्दमानै केही शुर बिग्रीगयो की
पूर्णताः दिनु थियो सब्दांशमा,
कुन शब्दार्थको दोधारमा रह्यौ ।

No comments:

Post a Comment